शैक्षिक सामाग्रीहरु प्रदान

0
168

धनकुटा, २३ माघ । धनकुटामा रहेको कौषीका आधारभुत बिद्यालय मुलघाटलाई काष्ठमाण्डप रोटरी कल्बले हिजो एक कार्यक्रम गरि करिब ७५ हजार बराबरको शैक्षिक लगायत विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । काष्ठमण्डप रोटरी कल्बका पुर्व अध्यक्ष निरन्जन भटराईले विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ र जिल्ला शिक्षा कार्यलयका विद्यालय निरीक्षक देबि सुवेदीलाई एक कार्यक्रम विच सामाग्रीहरु प्रदान गरेका थिए । कल्बले कौषीका आधारभुत विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री, खाद्यन्न चामल, लत्ता कपडा, झोला लगायतका सामाग्रीहरु प्रदान गरेको हो । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका विद्यालय निरीक्षक देबि सुवेदी स्रोत शिक्षक केदार अधिकारी र पत्रकार मोहन वान्तवा राईले कल्बको सहयोगी कार्यको कदर गर्दै भावी दिनहरुमा पनि यस्ता कार्यहरुले नरन्तरता दिन शुभकामना दिएका थिए । विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कल्बका पुर्व अध्यक्ष निरन्जन भटराईले कल्बले यस विद्यालयका विद्यार्थीहरुलाई विगत बाह्र वर्ष देखि सहयोग प्रदान गर्दै आएको र भविस्य पनि प्रदान गरिने प्रतिवद्धता जनाउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here