श्रवणदृष्टिविहीन सक्षम बनाउने परियोजना सञ्चालन

विराटनगर, ३१ भदौ । श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिलाई सक्षम वनाउने परियोजना सञ्चालनमा आएपछि १४ जनाले दैनिक जीवनमा आवस्यक पर्ने कुराहरु गर्न सक्ने भएका छन् ।

मोरङ जिल्लामा तीन वर्षे परियोजना अन्तर्गत सन् २०१९ देखि तीन महिला सहित ११ जनालाई विभिन्न सिकाई लगायत सेवा उपलव्ध गराइएको कोशी बहिरा संघ विराटनगरले जनाएको छ ।

आज विराटनगरमा आयोजित कार्यक्रममा श्रवणदृष्टिविहीन २० वर्ष उमेरसमूहका लागि विभिन्न सुविधा उपलव्ध गराउनुका साथै फिजियोथेरापी, घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्वन्धका सिकाइ लगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलाल बताउनुभयो । संघका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर, टोल, छिमेकमा श्रवणदृष्टिविहीन व्यक्तिहरु भए कोशी बहिरा संघलाई जानकारी दिन आग्रह गर्नुभयो ।

संघले राष्ट्रिय वहिरा महासंघको सहयोगमा कार्य सञ्चालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलव्ध गराउने संघका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिनु भयो ।

२०६८ को जनगणना अनुसार मोरङ जिल्लामा १०६ महिला सहित २५४ जना श्रवणदृष्टिविहीन अपाङ्गता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button