Tune to BFM 91.2|Biratnagar

संक्रमित व्यक्ति रिपोर्ट लिन पुगेपछि महानगरमा तनाव

विराटनगर, १३ साउन । कोरोना संक्रमित एक पुरुष आफ्नो रिपोर्ट लिन आज दिँउसो विराटनगर महानगरपालिका कार्यालयमा आफै पुगेपछि त्यहाँ केहीबेर तनाव भएको छ ।

महानगरका कर्मचारीबीच भागाभाग नै मच्चियो । ती पुरुषले आफ्नो स्वाब परीक्षणका लागि दिएको र रिपोर्ट लिन आएको बताएपछि महानगरको जनस्वास्थ्य महाशाखाका कर्मचारीले रिपोर्ट हेरेका थिए ।

रिपोर्टको विवरण हेर्दा पोजेटिभ देखेपछि कर्मचारीबीच भागदौड मच्चियो । उनी दिउँसो करिब १ बजे विराटनगर बजार हँुदै रिपोर्ट लिन महानगर पुगेका थिए । महानगरपालिका स्रोतका अनुसार कोरोनाको रिपोर्ट लिन आउने व्यक्ति गत मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सकको घरका कामदार हुन् ।

संक्रमित पुरुषलाई उपचारका लागि कोभिड–१९ अस्पतालमा भर्ना गर्न पठाइएको महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीले बताउनु भयो । उहाँले महानगरलाई ‘डिसइन्फेक्ट’ सेनीटाइज गर्ने काम भइरहेको जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button