संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यक : अध्यक्ष यादव

0
169

इनरुवा, १० वैशाख । संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आज अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो । यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्रपारि संघीयता कार्यान्वयनमा जोड दिनुभयो । अध्यक्ष यादवले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत र सञ्चारको विकास गरी नागरिकलाई सुशासनको महसुस गराउनुपर्ने आवश्यता औँल्याउनुभयो । उहाँले फरक प्रसंगमा सहकारिताको माध्यमबाट बेरोजगारी र गरिबी हटाउन सकिने तर्क गर्दै स्थानीय सरकारले त्यसमा भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here