संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन ः महतो

0
41

जेष्ठ २७, २०७५ राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारमा सहभागी हुनु पूर्व सरकारले आफूहरुको सर्त पूरा गर्नुपर्ने अडान लिनुभयो । सोही बिमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजपालाई सरकारमा सहभागी गराउनेबारे एक चरण छलफल भएको बताएको केही मिनेटपछि महतोले मधेश प्रति सरकारको धारणा स्पष्ट हुनु पर्ने बताउनुभएको हो । महतोले भन्नुभयो, ‘संविधान संशोधन, आन्दोलनकारीहरु माथि लगाइएको मुद्दा, जेलमा रहेका सांसदको बारेमा सरकारको धारणा स्पष्ट हुनुपर्छ । राजपाले सरकारलाई समर्थन दिएकै छ, अब सरकारले काम गरेर देखाउन बाँकी नै भएको अबस्थामा सरकारमा सहभागी हुन मिल्दैन ।’ मधेस आन्दोलन मधेसी जनताको समस्याको उपज भएकोले देखाउने दाँत भनेर भ्रम नपाल्न आग्रह गर्दै राजपा नेता महतोले मधेसी समस्या समाधान नभएसम्म मुलुक सम्बृद्ध हुन नसक्ने ठोकुवा गर्नुभयो । प्रदेश २ मा सरकार मधेसी जनताको जनादेश भएकोले जनताको अपेक्षा पूरा नहुञ्जेल लालबाबु राउत नेतृत्वको सरकारलाई राजपाको पूर्ण समर्थन रहने उहाँको भनाई थियो । फरक प्रशंगमा महताले राजपा कार्यकार िराष्ट्रपतिको पक्षमा नभएको प्रष्ट पार्नुभयो ।

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here