संवैधानिक निकायका पदाधिकारी सिफारिसका लागि परिषद्को बैठक बस्दै

0
104

काठमाडौं, जेठ २९ । प्रधानन्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारी सिफारिसका लागि मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश लगायत अन्य संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिस गर्नेबारे छलफल हुने बताइएको छ ।गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाएको भन्दै आलोचना हुँदै आएको छ ।प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्ले संवैधानिक परिषद्मा पठाइसकेको छ ।आज बस्ने बैठकले तीनै न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ ।संवैधानिक परिषद् बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाईका लागि संसद्मा पठाउने छ ।संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रावधान छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here