संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै

0
106

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका सदस्यहरुको तय भएसँगै समितिको बैठक आज मध्यान्ह १२ बजे बस्न लागेको हो। पहिलो बैठकको अध्यक्षता राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नैछन् । लामो समयसम्म सुनुवाई समिति नबन्दा संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिमा ढिलाई भएको छ । आज सुरु हुने बैठकले प्राथमिकताका आधारमा विभिन्न संवैधानिक निकायका लागि सिफारिस भएका व्यक्तिहरुको सुनुवाईको मिति तय गर्नेछ । सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ गरी १५ सदस्य छन् । समितिमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुन मन्त्री पदेन सदस्य हुने व्यवस्था छ । त्यसैगरी आर्थिक विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक, २०७५, ऋण तथा जमानत ९२२ औँ संशोधन विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई आज औंपचारिक रुपमा टुंग्याउने भएको छ ।
सिंहदरबारमा हिजो बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र आज १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताएका छन्। राजपाले संसदीय दलको विधानलाई आज टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here