Tune to BFM 91.2|Biratnagar

संसद विघटन गर्न प्रधामन्त्री ओलीको प्रस्ताव

विराटनगर ५ पुस । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख २३ गतेको मिति प्रस्ताव गर्नुभएको हो ।

आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघटनको प्रस्ताव पारित गराउनुभएको प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष आफ्नो प्रस्ताव लिएर शितलनिवास जानुभएको छ ।संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदर गरिदिनुभएमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।

यसैबिच नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्दै ।

विज्ञप्तिमा शर्माले भन्नुभएको छ ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’

शर्माले जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको भन्नुभएको छ ।उहाले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि बताउनुभएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button