सञ्जेललाई कुटपिट गर्नेको म्याद थप हुँदै

विराटनगर १८ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका दुई जना महिला कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।

आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले हिजोे सञ्जेललाई कुटपिट गरेका थिए ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुबैपक्षसंग छलफल गरेर मिलापत्र गराउने प्रयास गरेपनि सञ्जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको हो । हिजो साँझसम्म दुबै पक्षबीच जिल्ला प्रहरी कार्यालय मोरगमा मा छलफल भएको थियो ।

सञ्जेलले आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेर जाहेरी दिएपछि प्रहरीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button