Tune to BFM 91.2|Biratnagar

सडक निर्माणका विषयमा विवाद

विराटनगर २९ जेठ । विराटनगरमा निर्माणाधिन सडकको सिमाना क्लियर गर्ने बिषयमा विवाद हुँदा निर्माणाधिन सडकको उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको छ ।

विराटनगर–११ पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाको बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्ष सञ्जु साह माथि कुटपिट भएको हो । कुटपिटबाट घाईते शाहको विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

कुटपिटबाट घाईते शाह सामाजिक अभियन्ता र महिला अधिकारकर्मी समेत रहनुभएको छ । उहाँको दुवै हात, छाती र टाउकोमा चोट लागेको जनाईएको छ । आफु आफ्नै घरमा बसिरहेको अवस्थामा आज दिउँसो १ बजे ६ जना पुरुष र १ महिला सहित एउटा निजी गाडीमा आएको हतियारधारी समुहले आफुमाथि आक्रमण गरेको शाहले बताउनुभएको छ ।

आफुलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गर्न समेत खोजिएपछि घरमा भएका नानीहरुले रुन कराउन थालेपछि आक्रमण गर्ने समुह गेट बाहिर निस्किएर भागेको उहाँको दाबी छ । घटनामा संलग्न भएको आशंकाका आधारमा १ जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको वडा प्रहरी कार्यालय विराटनगर (क) का डिएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button