सत्तरी फरार अभियुक्त पक्राउ

0
65

झापा, २२ असोज । झापा जिल्ला प्रहरी कार्यालयले ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ । झापा जिल्ला अदालतले विभिन्न अपराधमा संलग्न भएको पुष्ठी गर्दै कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेकोे प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताउनुभयो । चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल भएको उहाँको बताउनुभएको छ । अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन समेत दिएइको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here