सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी, हैदरावाद शीर्ष स्थानमा

0
225

काठमाडौं,२३ बैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि दोस्रो खेलमा हैदरावाद विजयी भएपछि चेन्नाई फेरि दोस्रो स्थानमा झरेको छ । हैदरावादमा भएको खेलमा घरेलु टोलीले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो । दिल्लीका लागि पृथ्वी शाहले ६५ रन जोड्दा श्रेयर ऐयरले ४४ रनको योगदान गरे । जवाफमा १ सय ६४ रनको विजय लक्ष्य हैदरावादले खेलमा १ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो । हैदरावादको जितमा अलेक्स हेल्सको ४५ रन, शिखर धवनको ३३ रन, केन विलियाम्सनको अविजित ३२ रन तथा युसुफ पठानको अविजित २७ रन महत्वपूर्ण रह्यो । आइपिएल अन्तर्गतको अर्काे खेलमा चेन्नाई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्रै जोड्यो । उसका लागि पृथ्वी पटेलले ५३ रन जोडे । जवाफमा १ सय २८ रनको झिनो चुनौती चेन्नाईले १८ ओभरमा ४ विकेट गुमाएर पुरा र्गयो । चेन्नाईको जितमा अम्बाती रायुडुको ३२ रन तथा महेन्द्र सिंह धोनीको अविजित ३१ रन महत्वपूर्ण रह्यो । गएरातिका खेलपछि आइपीएल अंक तालिकामा ९ खेलबाट १४ अंक जोडेको सनराईजर्स हैदरावाद शीर्ष स्थानमा रहेको छ ।
एक खेल बढी खेलेको चेन्नाई समान १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो र चौथो स्थानका कोलकाता र पञ्जावको समान १०र१० अंक रहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here