सन् २०२० सम्म उत्तर कोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

0
117

काठमाडौं, जेठ ३१ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्षभित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन् । दक्षिण कोरियाको भ्रमणमा रहेको अमेरिकी विदेशमन्त्री पोम्पियोे उत्तर कोरियासँगै अझै ठूलो सम्झौता हुन बाँकी नै रहेको बताए । उनले अमेरिकाले सन् २०२० सम्म ठूलो मात्रामा परमाणु हतिथार नष्ट गर्नुपर्ने बताए । यो काम साढे २ वर्षमा गर्न सम्भव रहेको उहाँको भनाइ थियो । अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको ऐतिहासिक वार्ता भएको एक दिनपछि आएको हो । सिंगापुरमा भएको दुई नेताबीचको ऐतिहासिक वार्तामा कोरियाली प्रायःद्वीपलाई परमाणु हतियार मुक्त गर्ने दिशामा अघि बढ्ने सहमति भएको थियो । तर उत्तर कोरियाले कहिले र कसरी आफू निशस्त्रीकरण हुने भन्ने खुलाएको छैन । यसैलाई लिएर दुई नेताबीच भएको सम्झौताको आलोचनासमेत हुने गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उत्तर कोरियासँग भएको सहमतिपछि अब परमाणु खतरा नरहेको र सबै जना सुरक्षित भएको महसुस गरेको प्रतिक्रिया दिएका थिए

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here