सप्तकोशी नदीमा सञ्चालित ७ वटा पानी जहाज बन्द

विराटनगर, १ फागुन । स्थानीयबासीको अवरोधका कारण सप्तकोशी नदीमा सञ्चालित ७ वटा पानी जहाज बन्द भएका छन् ।

सप्तकोशी नदीमा दुई वर्षदेखि ४ वटा कम्पनीका ७ वटा पानी जहाज सञ्चालनमा रहेका थिए । तर, स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिसन दिनुपर्ने लगायत माग राख्न थालेपछि पानी जहाज बन्द गर्नुको विकल्प नरहेको जल यातायात व्यवसायीले आज विराटनगरमा पत्रकार सम्मेलन गरि बताएका छन् । सरकारले उचित सुरक्षा नदिए सम्म सञ्चालन नगर्ने उनीको भनाई छ ।

सप्तकोशीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सातवटा पानी जहाज चल्दै आएका छन् । बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले सातवटा पानी जहाज संचालन गर्दै आएका छन् ।

पानी जहाज सहिदभूमिको त्रिवेणीमा रोकिएको सप्तकोशी टुरिजमका संचालक राजेन्द्र कार्कीले बताउनुभयो ।

सप्तकोशीमा तीन सिटका तीन, आठ सिटका दुई, सत्तरी सिटको एक र अठार सिट क्षमताको एउटा गरी कूल सातवटा पानी जाहाज संचालन हुँदै आएका थिए । खासगरी चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानी जहाज संचालनमा आएपछि आउजाउमा सहज भएको थियो ।

दैनिक ५ सय देखि ७ सय सम्मले यात्रा गर्ने गरेको सञ्चालक कार्कीले बताउनु । तराई झर्ने र पहाडतर्फ जानेहरु हिंडेर जाँदा निक्कै लामो समय लागेपनि भोजपुरको सिम्लेसम्म दशदेखि बाह्र मिनेटमा पुग्न सकिन्छ

बराहक्षेत्र तीन मिनेटमा पुग्न सकिन्छ । जल यातायात व्यवसायी महासंघले यात्रु र संचालकको सुरक्षाको ग्यारेन्टी भएपछि मात्र जहाज संचालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *