सप्तकोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजमा खतराको रातोबत्ती बालियो

0
91

सुनसरी, २४ साउन । पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ । हिजो देखि पहाडी जिल्लाहरुमा वर्षात जारी रहँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हो । नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रात्तो बत्ती बालिएको सुनसरीका निमित प्रहरी प्रमुख डीएसपी प्रविण धितालले बताए । आज अपराह्न १२ बजे सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ९२ हजार ३०० क्युसेक पुगेको धितालले जानकारी दिए । कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको संकेत रातोबत्ती बाल्ने गरिन्छ । भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले २५ ओटामात्र ढोका खोलिएका छन् । सप्तकोसीमा पानीको बहाव बढेपछि खतरा उत्पन्न भएको भन्दै सप्तकोसी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अवस्थामा परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।

Comments

comments

LEAVE A REPLY