सप्तरीमा विद्युत चोरी गर्ने पक्राउ

0
219

सप्तरी, २५ कात्तिक । सप्तरीको विभिन्न स्थानबाट विद्युत चोरीमा संलग्न १० जनालाई प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले पक्राउ गरी कारबाही सुरु गरेको छ । पक्राउ पर्नेमा सप्तरीको पत्थरगाडा–१ बस्ने राम सुन्दर साह, प्रमोद सरदार, राजकुमार सरदार, बेल्हीचपेनाका पिताम्बर यादव, कोशलेन्द्र मण्डल, बिटु यादव, पत्थरगाडाका ढलो साह, राम बहादुर साह, नर्घाेका कमलदेव पासवान र डम्बर यादव रहेका छन् । हिजो दिउँसो तिर विद्युत प्राधिकरण शाखा राजविराज र प्रहरीको एक टोलीले उनीहरुलाई हुकिङ गरी विद्युत चोरी गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेकाहरुलाई विद्युत प्राधिकरणबाट विद्युत चोरी ऐन मुद्दा अन्तरगत कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

Comments

comments

LEAVE A REPLY