सबै दललाई विकासमा लाग्न मुख्य मन्त्रीको आग्रह

0
199

विराटनगर, ६ चैत । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले सबै दललाई राजनैतिक आस्था भन्दा माथि उठेर समग्र प्रदेशको विकासमा लाग्नका लागि आग्रह गर्नु भएको छ । सबै दलले अहंकार र दम्भलाई त्यागेर अघि बढ्न सके मात्र प्रदेशको विकास सम्भव रहेको उहाँले बताउनु भयो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा आज आयोजित विचार गोष्ठीलाई सम्वोधन गर्दै राईले कोइरालाको अगुवामाईमा मुलुकमा ठूलो राजनीतिक उपलब्धी हाँसिल भएको बताउनु भयो । उहाँले गिरिजाप्रसाद कोइरालाला संग्राहलय स्थापना गर्न प्रदेश सरकार तयार रहेको पनि बताउनु भयो । सरकारसंग पूर्ण बहुमत रहे पनि प्रदेशको राजधानी र नामाकरणका विषयमा सहमतिमै निर्णय हुने राईको भनाइ थियो । कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रदेशको विकासमा पार्टीले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । गिरिजाप्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनितिमा गिरिजा प्रसाद कोइरालाको भुमिकाको चर्चा गर्नुभयो । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, कांग्रेस प्रदेश संसदियदलका नेता राजिव कोइराला, विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले गिरिजाप्रसाद कोइरालको योगदानको चर्चा गर्नु भएको थियो । त्यस अवसर गिरिजा प्रसाद कोइरालाको विषयमा फोटो प्रर्दशनीको पनि आयोजना गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here