Tune to BFM 91.2|Biratnagar

समस्यामा परेका बिरामी र कुरूवालाई खाना

विराटनगर, १८ वैशाख । नेपाली कांग्रेस विराटनगर महानगर समितिले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका बिरामी र कुरूवालाई खाना खुवाएको छ ।

लकडाउनका कारण समस्यामा परेका उनिहरूलाई २३ दिनदेखि निरन्तर खाना खुवाउँदै आएको नगर समिति कार्यवाहक सभापति अरूण न्यैपानेले जानकारी दिनुभयो । लकडाउनका कारण सामग्री जुटाउन समस्या भएपनिकुरुवा र विरामीलाई लकडाउन रहुञ्जेल खाना खुवाउने उहाँले बताउनुभयो ।

दैनिक ३ सय लाई खाना खुवाउने गरिएको उहाँले बताउनुभयो ।लकडाउनका कारण होटलहरु बन्द रहेको अवस्थामा बिरामी र कुरूवालाई खाना खान समस्या परिरहेको अवस्थामा नेपाली कांग्रेस महानगर समितिले खाना खुवाएर सहयोग गरेको नेपाल विद्यार्थी संघका नेता केशव गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button