विराटनगरमा समाजसेवीहरुको सहयोगमा २ सय २० कोठाको क्वारेन्टाइन

विराटनगर १४ चैत । विराटनगरका सामाजिक संस्था तथा अतिथि सदनका अतिथि गृहलाई क्वारेन्टाइनमा परिणत गरिएको छ । विराटनगर महानगरपालिकाको पहलमा सामाजिक सेवामा संलग्न संस्थाले आफ्ना कोठालाई क्वरोन्टाइन बनाउन सहमत भएका हुन ।

विराटनगरका उद्योगी तथा व्यापारिक घरानाले विराटनगरमा संचालन गरेको अतिथि सदन, मारवाडी सेवा समितिको भवन र जैन भवनमा क्वारेन्टाइन बनाउने सहमति भएको छ । जम्मा दुई सय २० कोठाको क्वारेन्टाइनको व्यवस्था महानगरले गरेको प्रमुख भीम पराजुलीले बताउनुभयो । समाजसेवीहरुको सहयोगमा यो व्यवस्थापन हुन सकेका पराजुलीले बाताउनुभयो ।

कोरोना भाइरसको सक्रमणबाट हुन सक्ने सभ्भावित क्षतिलाई रोक्न धार्मिक र सामाजिक संस्थाले सहयोग गरेको उहाले बताउनुभयो ।’ विराटनगर महानगरका प्रमुख भीम पराजुली,अतिथि सदनका अध्यक्ष दिनेश गोल्छा, मारवाडी सेवा सदनका अध्यक्ष देवकीनन्दन अग्रवाल,जैन भवनका अध्यक्ष जितेन्द्र गोल्छा,कालिसेवासदनका उपाध्यक्ष सुदर्शन श्रेष्ठ,रामजानकी सेवासदनका अध्यक्ष शिवशंकर अग्रवाल ,विराटनगर महानगरका सामाजिक विकास अधिकृत पुनम दाहाललगायत छलफलमा सहभागी हुनुभएको थियो ।

ती सामाजिक संस्थाले कोठाहरु क्वारेन्टाइनका लागि प्रयोगमा ल्याइने बताएका हुन । त्यहाँ एटेच ट्वाइलेट तथा वाथरुमसहितको कोठाहरु क्वारेन्टाइनमा बस्न आउनेहरुले पाउने बताइएको छ् । विराटनगरमा रहेको अतिथि सदनमा ४०, मारवाडी सेवासदनमा २०, कालीसेवा सदनमा २०,रामजानकी सेवासदनमा २०,जैन भवनमा २० गरी डवल वेडको कोठाहरु क्वारेन्टाइन प्रयोजनमा ल्याइएको प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

यस्तै महानगरले विरानगरस्थित वडा नं.१९ मा रहेको बैझनाथपुर स्वास्थ्य चौकीमा २० बेडको क्वारेन्टाइन बनाइएको छ । यी दुबैमा गरी २ सय २० वेड क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको प्रमुख पराजुलीले जानकारी दिनुभयो । उद्योगी तथा समाजसेवी दिनेश गोल्छाले देश नै संकटमा परेको बेला सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको बताउनुभयो ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *