सम्झौता नगरी तोकिएकोको समयमा काम सम्पन्न हुनुपर्छ :सुचना प्रविधितथा संचारमन्त्री गोकुल वासकोटा

0
192

असार १६ शनिवार सुचना प्रविधितथा संचारमन्त्री गोकुल वासकोटाले निर्माणहुदै गरेको तराणीप्रसाद कोइराला संचारग्राम मुलुकको लागी ऐतिहासिक धरोहर भएकाले काममा सम्झौता नगरी तोकिएकोको समयमा काम सम्पन्न हुनुपर्ने वताउनु भएको छ । रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोग विराटनगर ४ खार्जिमा मा निमार्ण भइरहेको संचारग्रामको आज विहान निरिक्षण एंव अनुगमनपछी आयोजित छलफल कार्यक्रममा मन्त्री वास्कोटाले संचारग्राम निमार्णको काममा सन्तुष्ट रुपमा भइुहेको वताउनुभयो । उहाले रेडियो नेपालको संस्थापक तारणीप्रसाद कोइरालाको नाममा निर्माण भइरहेको संचारग्रामको इतिहासको विरासत थाम्ने भएकाले यस्ता एैतिहाकिसका काममा मन्त्रालयले वजेटको अभाव हनु नदिने वताउनुभयो ।उहाले मुलुकभर भइरहेको सरकारी कामको आफुले अनुगमन गरिरहेको भन्दै संचारग्रामको काम आफुलाई चित वुझदो लागेको वताउनुभयो । हाले यस्ता ऐतिहासिक धरोहरलाई जोगाई राख्न रेडियो नेपालको स्थापनामा प्रयोग भएका उपकरण तथा समाग्रीलाई संचारग्राममा राख्नेगरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संचारग्रामको २२ प्रतिशत काम सम्मपन्न भएकाले तोेकिएकै मितिमा काम पुराहुने वताउनुभयो । संचारग्रामलाई मिडियहवको रुपमा विकासगर्नेगरी संरचना तयार भइरहेको उहाले वताउनुभयो । छलफल अघि मन्त्री वास्कोटाले संचारग्रामको अनुगमन तथा निरिक्षण गर्नु भएको थीयो । उहाले राजनितिदलहरुको एकमात्र ऐजेन्डा अव विकास निमार्ण हुनुपर्ने वताउनुभयो । मन्त्री वास्कोटले राजनितिक आन्दोलन समाप्त भएकाले अव राजनिति आस्थाभन्दा माथि उठेर विकास निर्माणमा सवै जुटनुपर्ने वताउनुभायोे । संचारग्रामको मन्त्री वासकोटा , विराटनगर महानगरपालिका मेयर भिम पराजुली मोरंगको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय लगायतलेपनी अनुगमन तथा निरिक्षण गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here