सरकारसँग विद्युतसेवा सुधार गर्न सांसदहरुको माग

विराटनगर, १५ असार । प्रदेश १ का सांसदहरुले विद्युतसेवा सुधार गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रदेशसभाको शुन्य समयमा सांसद सरिता थापाले प्रदेश १ मा विद्युत सेवा बारम्बार अबरुद्ध भइरहेकाले सेवा सुधार गर्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद थापाले विद्युतीय यातायात देखि खाना पकाउनसमेत विद्युतीय चुलो उपभोग गर्न सरकारले आग्रह गरिरहेको स्मरण गराउनुभयो । एकातर्फ विद्युत प्रयोग बढाउनु भन्ने तर, अर्कोतर्फ विद्युत नियमित नहुने प्रबृत्तीका कारण जनताले दुःख पाइरहेको थापाको भनाई छ ।

थापाले हावा चल्दा र पानी पर्दासमेत विद्युत सेवा अबरुद्ध भइरहेकाले गुणस्तर सुधारमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । आजको बैठकमा प्रदेश विनियोजन विधेयक सम्बन्धमा मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री अम्बिरबाबु गुरूङले दिनुभएको छ ।

गुरूङले स्रोत सुनिश्चित भइसकेका योजनामा बजेट कटौति नहुने स्पष्ट पार्नुभयो । गुरूङले स्रोत सुनिश्चित भएका कुनै पनि योजनाको बजेट कटौति नगरेको भन्दै कुनै योजना बजेटमा समावेश गर्न छुटेका भए त्यस्ता योजना समावेश गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button