सरकारी कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा अन्योल

0
86

स्थानीय सरकार संचालन ऐनमार्फत सरकारले ल्याएको जिल्लास्थित सरकारी कार्यालयको व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन नहुँदा अन्योल बढेको छ ।इलाममा रहेका सरकारी कार्यालयको अवस्था के हुने भन्ने अन्योल कायमै रहँदा ती कार्यालयमार्फत हुँदै आएका कार्यक्रम प्रभावित भएका छन् ।स्थानीय सरकार संचालन ऐनले जिल्लास्थित स्थानीय तहको समानान्तर रूपमा रहेका सरकारी कार्यालयको खारेजी गर्ने ब्यवस्था गरेको भए पनि उक्त निर्णय कार्यान्वयन भएको छैन । स्थानीय तहमा जनप्रतिनीधिमार्फत ऐन नियम बनाएर काम अगाडि बढेको अवस्थामा विषयगत रूपमा समानुपातिक बजेट विनियोजनमा समस्या भएको पाइएको छ । स्थानीय तहका पदाधिकारीले सशर्त अनुदानबाहेकका रकमलाई समानुपातिक रूपमा बाँडफाँड नगर्दा कृषि, पशु जस्ता निकायबाट सञ्चालन हुँदै आएका कार्यक्रम ओझेलमा परेका छन् ।जिल्लाका केही विकासे कार्यालयका योजना प्रदेश सरकारमार्फत संचालन गर्न पत्राचार भएको छ । उक्त कार्यालयमार्फत संचालित योजना प्रदेशमा पठाइएको कार्यालयका इञ्जिनियर ध्रुवकुमार झाले जानकारी दिए । स्थानीय तहमा दुई पटक गाउँ नगर सभा सम्पन्न भए पनि ऐन नियमको अभावमा सिंहदरबार गाउँसम्म पुग्ने योजना प्रभावित बनेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here