सरकारी वकिलहरूको बहस आज पनि जारी रहने

0
38

बैशाख २८ । सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङमा आज पनि सरकारी वकिलहरुको थुनछेक बहस जारी रहनेछ । हिजो सरकारका तर्फबाट काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका मनोज आचार्य र सप्तरीका पुण्यप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष भएको बहसमा उनीहरुले तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्तहरु दोषी देखिएको बताएका थिए । सापकोटाको बहस हिजो नसकिएकाले आज पनि जारी रहने जिल्ला अदालतले जनाएको छ । उनीबाहेक उच्च अदालत बिराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, मोरङका सहन्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्तीले बहस गर्नेछन् । तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका सबै प्रतिवादीहरूलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाइनुपर्ने सरकारी वकिलहरूको माग छ । संगठित अपराधमा संलग्न भएकाले उनीहरुलाई धरौटी वा तारेखमा छाड्दा प्रमाण नष्ट गर्ने जोखिम समेत रहेको उनीहरुले बताएका छन् । संगठित अपराधमा अरू धेरैको समेत संलग्नता रहेको र कतिपय फरारकै सूचीमा रहेकाले अभियुक्तहरु स्वयंको सुरक्षा जोखिममा पर्न सक्ने सरकारी वकिलको तर्क छ । यसैबीच, प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या हिजो साँझसम्म ८३ पुगेको छ । सरकारी वकिलहरुको थुनछेक बहस सकिएपछि आफ्ना पक्षका तर्फबाट उनीहरुले अदालत समक्ष बहस ग र्ने छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here