सरकार अधिनायकबाद तर्फ : देउवा

0
130

काठमाण्डौं, ३ बैशाख । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अधिनायकबाद तर्फ अघि बढेको आरोप लगाउनु भएको छ । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढन खोजेको दावी समेत गर्नु भयो । आज भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उहाँले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप पनि लगाउनु भयो । सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै पनि छलफल नगरेको सभापति देउवाको भनाई छ । सभापति देउवाले सरकारको सय दिन हनिमुन पिरियड भएको भन्दै त्यस अवधिमा सरकारको काम हेर्ने पनि बताउनु भयो । सभापति देउवाले एमाले र माओवादी केन्द्र मिलेकाले पार्टीले निर्वाचनमा हार्नु स्वभाविकै भएको पनि बताउनु भयो । उहाँले कांग्रेस लोकतन्त्रवादी पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ बनाउन लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here