सरकार कुनैपनी हालतमा अधिनायकबाद हुन सक्दैन :गोकुल बास्कोटा

0
72

विराटनगर, १६ असार ।सञ्चाार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अधिनायकबाट विरुद्ध लडेर प्रजातन्त्र ल्याएको दलको नेतृत्व वनेको सरकार कुनैपनी हालतमा अधिनायकबाद हुन नसक्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री वास्कोटाले कम्युनिष्टहरुको स्थिर सरकार बनेको देखेपछि विरोधका लागि मात्र यस्ता कुरा आएको बताउनुभयो । कम्युनिष्टको सरकार आएपछि अधिनायकबाद उन्मुख भएको भन्नु आलोचना मात्र भएको भन्दै अव आलोचना हुने डरले आफनो दायित्ववाट सरकार पछि नहटने र चुनावी घोषणापत्र अनुसार जिम्मेवारी पुरागर्ने उल्लेख गर्नुभयो ।मन्त्री बास्कोटाले अहिलेनै सरकारको आलोचना गर्ने समय नभएको उल्लेख गर्नुभयो । उहाले सरकार ५ बर्षका लागि बनेकोले सरकारले हतारमा नभई योजना बद्ध ढंगले काम गर्ने भएकोले अहिले नै काम गरेन भनेर आलोचना गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । जनतासंग गरेको प्रतिबद्धता अनुसार सरकारले निति तथा कार्यक्रम ल्याएको भन्दै उहाले यो काम गर्ने भएकोले १ बर्ष पनि नभई सरकारले काम गरेन भनेर मुल्याङकन गर्ने बेला अहिले नभएको बताउनुभयो । स्थिर सरकार बनेकोले सरकारले तोकीएको काम तोकीएको समयमा हुनुपर्ने, भ्रष्टाचार रहित रुपमा काम हुनुपर्ने कुरा कडाइका साथ लागु गर्दै योजनाबद्ध रुपमा ५ बर्ष विकास र समृद्धिमा लाग्ने मन्त्री बास्कोटाको भनाई छ । अर्को एक प्रसङगमा उहाले मिडिया समन्धी कानुन मिडियालाई बाध्न नभई मर्यादिन बनाउन ल्याएकोले मिडियाकर्मीहरु चिन्तीत हुनुपर्ने अबस्था नभएको बताउनुभयो । यसैबिच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको प्रादेशिक कार्यालयको पनि आज निरीक्षण गरी त्यहाँको वस्तुस्थितिको जानकारी लिनुभयो ।सो अवसरमा मन्त्री बाँस्कोटाले खोजमूलक समाचारका साथै समाजका विभिन्न पक्षको समस्यालाई उजागर गर्ने खालका समाचारमा बढी केन्द्रित हुन राससका सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।उहाँले अब समाचारको शैलीमा परिवर्तनका साथै समाचार प्रवाहमा तीव्रता ल्याउन र राजनीतिक समाचारमै सीमित नरही ग्रामीण क्षेत्रमा पनि पुगेर समाचार संकलन गर्न निर्देशन दिनुभयो ।उक्त, अवसरमा रासस प्रादेशिक कार्यालय विराटनगरका प्रमुख प्रभाषचन्द्र झाले कार्यालयबाट हुने गरेको समाचार प्रवाहलगायत विविध पक्षको विषयमा जानकारी गराउनुभएको थियो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here