सरकार संविधानविरुद्ध ः कांग्रेस

0
195

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नयाँ संविधानविपरीत अघि बढ्न थालेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। । हिजो राजधानीमा नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशन उद्घाटन गर्दै शीर्ष नेताहरूले प्रधानमन्त्री र सत्तारुढ दलहरू नै संविधानको गलत व्याख्या गर्न लागिपरेको आरोप लगाएका हुन्। । संविधानसभाबाट जारी भएको संविधानका माध्यमबाट सत्तामा पुगेका दलहरू त्यसमाथि नै प्रहार गरेर जनवादी केन्द्रीयताको बाटामो हिंड्न लागेको नेताहरूको दाबी छ । वर्तमान सरकारबाट मुलुक समृद्धि सम्भव नरहेको जिकिर गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संविधानको कार्यान्वयनभन्दा त्यसको गलत व्याख्यामा सरकार लागिपरेको बताउँदै देउवाले विगतमा अरुण तेस्रोको विरोध गर्ने एमालेले अहिले त्यही परियोजना ल्याउन लागि परेको बताए । सरकार बहुमतले नपुगेर दुई तिहाइ र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि आफ्नो पक्षमा पारेर कांग्रेसलाई राष्ट्रिय राजनीतिमा एकल्याउन लागी परेको आरोप लगाए । कार्यक्रममा पार्टीका सबै शीर्ष नेताहरुले श्रमिकहरुको हक अधिकार स्थापनका विगतमा जस्तै आगामी दिनमा पनि निरन्तर सहयोग रहेने प्रतिवद्धता जनाएका छन्।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here