Tune to BFM 91.2|Biratnagar

सर्वदलिय संयन्त्रको निषकर्ष : जनता आवासमा अनियमिता भएको छैन

विराटनगर, ७ असार । मोरगको बेलबारी नगरपालिका भित्र निर्माण भइरहेका घरहरुमा कुनै अनियमिता नभएको सर्वदलिय संयन्त्रले निस्कर्ष निकालेको छ ।

नगरपालिकाले राखेको सर्वदलिय वैठकले समन्वयको अभावले गलत प्रचार भएको समेत निस्कर्ष निकालेको हो । साहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा बेलबारी नगरपालिकाले १ सय घर निर्माण गरिरहेको छ ।

बेलबारी ३ र ११ मा ४०/४० घर र ४ नम्बरमा २० वटा घर निर्माण गरिरहेको छ । गरिव तथा असाय परिवारहका लागि निर्माण गरीरहेको घरमा वाहिर प्रचार भए जस्तो कुनैपनि सामाग्रि प्रयोग नभएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सर्वदलिय वैठकलाई जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button