Tune to BFM 91.2|Biratnagar

सर्वाेच्च अदालतमा भएको तमासाको विषयमा एमाले तटस्थ बस्छ : अध्यक्ष ओली

विराटनगर, ९ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा भएको तमासाको विषयमा एमाले तटस्थ बस्ने बताउनु भएको छ । ‘हामी हेर्दैैछौं, पहिलेदेखि नै सेटिङको चर्चा थियो, के सेटिङ हो कस्तो सेटिङ हो हामी हेरिरहेका छौं,’ उहाँले भन्नुभयो । विराटनगरमा प्रेस चौतारी मोरङले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष ओलीले संसद्ले पनि कुनै काम गर्न नसकेको बताउनुभयो । ‘हामी सरकारमा हुँदा एकजना उभियो संसदमा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो,’ उहाँले भन्नुभयोे, ‘अहिले नेकपा एमाले जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा छ ।’

उहाँले सत्ता गठबन्धनको काम सिस्टम माथि प्रहार गर्ने मात्रै भएको आरोप लगाउनुभयो । प्रदेश १ मा प्रदेश सरकारका सम्वन्धमा जे पनि हुन सक्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मलाई सरेको त्यसै नभएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ तपाईहरु थाहा होला त्यसै प्रदेशसभा सरेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button