सशस्त्र प्रहरीद्धारा लकडाउनमा कडाइ
विराटनगर, १३ चैत । सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुर मोरंगले लकडाउनमा कडाइ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न देशभर लकडाउन गरिरहेपनि कतिपय ठाउँमा मनिसहरुले लकडाउन उल्लंघन गरिरहेको बेला मोरङको सुन्दरहरैंचा क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ ।
मानिसहरु अत्यावश्यक काम बाहेक समेत घर बाहिर निस्कन थालेकाले संक्रमण फैलिने डर बढेको भन्दै सशस्त्र प्रहरी बल हाइवे सुरक्षा पोष्ट सलकपुरले आफ्नो क्षेत्र भित्रका विभन्न ठाउँमा टोली परिचालन गरि चेकजाँचमा कडाइ गरेको हो ।
सुरक्षा पोष्ट सलकपुरले राजमार्गमा कुद्ने सवारी साधानलाई रोकेर चेकजाँच गरि अत्यावश्यक काम बाहेक नहिंड्न भनेर सम्झाउने गरेको पोष्टका इञ्चार्ज विदुर भट्टराईले जानकारी दिनुभयो । चोकजाँच बढाएसँगै अघिल्लो दिनको तुलनामा बाहिर निस्कीएर हिंड्ने मानिसहरुको संख्यामा कमि आएको उहाँले बताउनुभयो ।
साथै खाद्यान्न सामान खरिद गर्ने क्रममा समेत किराना पसलहरुमा अनावश्यक भिडभाड नगरि दिन आग्रह गर्नुका साथै दुरी कायम गरेर मात्र विक्रि वितरण गर्न सुझाव दिइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।