सहमति खोज्न चिकित्सा विधेयक स्थगन

0
104

अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गरेर मात्र चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख विपक्षी कांग्रेसको अडानपछि उक्त विधेयक प्रतिनिधिसभामा पेस हुन सकेन । सरकारले विपक्षी कांग्रेससँग सहमति खोज्न समय माग गरेपछि सभामुख कृष्णबहादुर महराले बिहीबार विधेयक प्रस्तुत गर्ने बुँदा कार्यसूचीबाट हटाइएको जानकारी बैठकमा गराएका थिए। कांग्रेस नेता गगन थापा र नेमकिपाका प्रेम सुवालले विधेयकविरुद्ध विरोधको सूचना दर्ता गरेका छन्। । थापा र सुवालको विरोधको सूचनामाथि निर्णय गरी प्रतिनिधिसभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची बनाइएको थिया े। तर सहमति खोज्न भन्दै सरकार र विपक्षी कांग्रेस तयार भएपछि कार्यसूचीबाट चिकित्सा शिक्षा विधेयक हटाइएको सभामुख महराको सचिवालयले जनाएको छ। विगतमा जारी चिकित्सा शिक्षासम्बन्धी अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्याएको भन्दै विपक्षी कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगन गरिएका कारण त्यस बेलासम्म सहमति खोजिने सत्तासीन दलका नेताको भनाइ छ। प्रतिनिधिसभा बैठकमा नेतारूले डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने, बाढीपीडितलाई उद्धार र राहत दिनुपर्ने धारणा राखेका थिए। विशेष समय लिएर कांग्रेसका प्रदीप गिरिले लोकतन्त्रमा जनतासँग सरकार डराउने भए पनि सरकारसँग जनता डराउनुपर्ने अवस्था आएको बताए। संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि गरिएको दुव्र्यवहार जनता तर्साउने उद्देश्य भएको उनको आरोप छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here