साउनदेखि सशस्त्र प्रहरी नयाँ संरचनामा

0
102

सशस्त्र प्रहरी बलले साउनदेखि आफ्नो संगठनलाई संघीय संरचनामा लैजाने भएको छ। हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनःसंरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले १ साउनदेखि लागू हुने गरी संघीय कार्ययोजनाअन्र्तगत पुनःसंरचना गरेको हा े। यो संरचनाअन्र्तगत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ । ‘प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी संक्षिप्त जानकारी एवं नयाँ संरचना कार्यान्वयनसम्बन्धी विस्तृत कार्ययोजना’ ले तयार पारेको प्रतिवेदनअनुसार संघीय संरचना १ साउनदेखि लागू हुने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायत्र महानिरीक्षक (डिआइजी) बाबुराम पाण्डेले बताए । नयाँ संरचनाअनुसार प्रदेश १ अन्तर्गत कार्यालयहरूमा पाथिभरा गण, कंकालिनीमाई गण, सिद्धकाली गण र औद्योगिक सुरक्षा गणलाई समायोजन गरिएको छ। पाथिभरा गणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय स्थापना हुनेछन्। । कंकालिनीमाई गण रहेको परिसरमा मोरङको सम्पूर्ण जिम्मेवारीसहित मोरङ सीमा सुरक्षा कार्यालयको स्तर वृद्धि भई स्थापना हुने गणको कार्यालय रहनेछ । मोरङको सलकपुरस्थित औद्योगिक सुरक्षा गण परिसरमा बाहिनीले आवश्यक योजना बनाई वर्कसप, क्षेत्रीय भण्डार र अन्य कुनै प्रयोजनका लागि उपयोग हुने जनाएको छ प्रदेश १ अन्र्तगत २१ वटा गुल्म रहनेछन् भने झापामा एउटा तालिम शिक्षालय रहनेछ। नेपाल भारत सीमा क्षेत्रमा तैनाथ रहेका बोर्डर आउट पोष्ट (बिओपी) मा सीधै सम्बन्धित बाहिनी मातहत रहने भएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here