साउन १ गतेदेखि विराटनगरमा नयाँ ट्राफिक व्यवस्थापन

0
282

विराटनगर, २३ असार । आगामी साउन १ गतेदेखि विराटनगरमा नयाँ ट्राफिक व्यवस्थापन गरिने भएको छ । ट्राफिक चौक देखि जलजला मोड सम्म दुवै तर्फ बन्द गरिने ट्राफिक प्रहरीले तयारी गरेको छ । हाल कायम भएका एक तर्फीलाई दुईतर्फी बनाईने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगका प्रमुख प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएपछि साउन १ गतेदेखि नयाँ व्यवस्थापन गर्न लागिएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज विहान कुराकानी गर्दै प्रहरी निरीक्षक पोखरेलले उद्योग संगठन, व्यापार संघ, विराट व्यापार संघ लगायतका विभिन्न सामाजिक संस्थाहरुसँगको सहकार्यमा नयाँ व्यवस्थापनको तयारी गरिएको बताउनुभयो । प्रहरी निरीक्षक पोखरेलले भन्नुभयो,‘तत्काललाई ट्राफिक चौक देखि जलजला मोड सम्म ‘नो पार्किङ जोन’ बनाईने छ ।’ निश्चित स्थानमा मात्र पार्किङको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । विराटनगरमा सिटि सफारीका कारणपनि ट्राफिक व्यवस्थापन चुनौति बन्दै गएको प्रहरी निरीक्षक पोखरेलको भनाई छ । काठमाण्डौं पछिको सवारी चाप बढी विराटनगरमा भएको बताउँदै उहाँले २० वर्षे पुराना सवारी साधन हटाएसँगै सवारी दुर्घटनामा कमी भएको दावी गर्नुभयो । दरबन्दी कम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘हातको इसाराले ट्राफिकले काम गर्नुपरिरहेको छ ।’ जनशक्ति कम हुँदा मोरंगमा ४२ किलो मिटर सम्म र १ सय ७५ वटा सवारीलाई एक जना ट्राफिकले हेर्नुपरिरहेको प्रहरी निरीक्षक पोखरेलले गुनासो गर्नुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here