साढे ३३ किलो सुन तस्करी प्रकरण : ३० जनाको बयान सकियो

0
169

विराटनगर, २४ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको भनिएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनामा ३० जना अभियुक्तसंग बयान सकिएको छ । आज एसएसपी दिवेश लोहनी, डीएसपीहरु प्रजित केसी र संजयबहादुर राउतको वयान सकिएको हो । हिजो पूर्व डीआईजी गोविन्द निरौला, निलम्बित एसपी विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्मरबहादुर थापा मगर, जवान विष्णुबहादुर खड्का, राजन थापा, तक्ले भनिने पुण्यप्रसाद तामाङ, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारुको बयान हिजो लिइएको थियो । पक्राउ गरेर मुद्धा गरिएका ३० जनाको थुनछेक वहस २८ गते विहिवार देखी हुने अदालतका स्रेस्तेदार नवराज दुलालले बताउनु भयो । सुन तस्करी र सनम हत्याकाण्डमा ६३ जनालाई अभियुक्त बनाएर संगठित अपराध अन्तर्गतको आपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरिएको छ । अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा भएको थियो । अदालतले पक्राउ परेका सबैसंग पर्सीबाट भने थुनछेक बहस सुरु हुने जनाएको छ । तस्करीको साढे ३३ किलो सुन लुकाएको आरोपमा करेन्ट लगाएर यातना दिने क्रममा सनमको गत फागुन १८ गते मोरङको उर्लाबारी १ मा हत्या भएको थियो । हत्याको अनुसन्धान गर्दै जाने क्रममा सुन तस्करी हुँदै आएको ठूलो घटना सार्वजनिक भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here