साढे ३३ किलो सुन प्रकरण : आचार्य, अधिकारी र श्रेष्ठ धरौटीमा रिहा

0
115

विराटनगर, २५ असार । साढे ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्दामा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माले आज दिएको आदेश अनुसार काठमाण्डौ १६ स्वयम्भूका ५४ वर्षिय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ्ग, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमार तिवारी र काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल पुर्पक्षको लगि थुनामा पठाउन आदेश आएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो । उनीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन, अदालति बन्दोबस्ती ११८ को २ का आधारमा पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार दुलालले बताउनुभयो । उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्त कुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, र दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ जनही १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएकोे जिल्ला अदालत मोरङले जनाएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो । प्रतिवादी माध्धे संन्जिब खड्का हाल फरार रहेका छन् । आइतबारदेखी न्यायधीश शर्माको इजालमा सुरु भएको थुनछेक बहस दुई दिन लगाएर सोमबार दिउँसो सकिएको थियो । वादीकोतर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्याधिवक्ता द्धोय पदम प्रसाद वस्ती र रोहित कुमार पोखरेलले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट १५ जना कानुन व्यवसायीहरुले प्रतिरक्षा गर्दै बहस गरेका थिए । सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here