सात महिनापछि बाढी पीडितलाई अस्थायी आवास

0
215

विराटनगर, १७ फागुन । बाढीका कारण पीडित बनेको सात महिनापछि मोरङका बाढी पीडितहरुलाई अस्थायी आवास हस्तान्तरण गरिएको छ । खोलाको डिल र विभिन्न ठाउँमा अस्थायी रुपमा निर्माण गरिएका आवास आज विराटनगर १९ मा एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको हो । बाढी पीडितका लागि अस्थायी आवास भनेर मोरङमा विराटनगर महानगरपालिका भित्र पाँच सय ८१ वटा र महानगर बाहिर दुई सय ४६ वटा गरेर आठ सय ४६ वटा अस्थायी टहरा निर्माण गरिएको थियो । गत साउन २७ र २८ गते गएको भीषण बाढीका कारण घरवार विहीन भएकालाई लक्षित गरेर बनाउन थालिएको टहरा सात महिना पछि हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाको पहल एवं हङकङ सरकार र ह्यावीट्याट नेपालको आर्थिक सहयोगमा जीवन विकास समाज र सहारा नेपालले अपासी सहकार्य गरेर अवास निर्माण गरेका हुन् । सहारा नेपालका एरिया मेनेजर चूँडामणि कट्टेलले बाढी गएका बखत तत्काल राहत र उद्धारमा जुट्नु परेका कारण अस्थायी आवास निर्माणमा केही ढिलो भएको बताउनु भयो । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले बाढी पीडितलाई उपलब्ध गराउने गरी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई अस्थायी आवास हस्तान्तरण गर्नु भयो । हस्तान्तरण कार्यक्रममा मुख्य मन्त्री राईले बाढी पीडितलाई स्थायी आवासको व्यवस्था गर्नका लागि प्रदेश सरकार गम्भीर भएर लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here