साफ यू–१५ फुटबलमा आज नेपालले भारतको सामना गर्दै

0
40

काठमाडौं, ७ भदौ । साफ यू–१५ फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुने यो खेलको विजेता समुह विजेता बन्नेछ । तीन टोली सहभागी समुहको पहिलो खेलमा नेपाल र भारत दुबै टोलीले माल्दिभ्सलाई फराकिलो अन्तरमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उता, समूह ए बाट बंगलादेश समूह विजेता तथा भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ए को अन्तिम खेलमा हिजो भुटानलाई ३–० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here