Tune to BFM 91.2|Biratnagar

सामाजिक विकास मन्त्रालय अगाडी शिक्षकहरुको धर्ना

विराटनगर, १९ असार । संस्थागत विद्यालयका शिक्षक युनियनले प्रदेश नंः १ को सामाजिक विकास मन्त्रालय अगाडी धर्ना दिएका छन् ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा संथागत विद्यालयका शिक्षक युनियनले निजि विद्यालयहरुहरुले शिक्षकहरुको तलव नदिएको भन्दै आज मन्त्रालय अगाडी धर्ना दिएका हुन् ।

कोरोना भाइरस–१९ को संक्रमणबाट सुरक्षित रहन चैत्र ११ गते देखि सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेको निजि विद्यालयका शिक्षकहरुले ४ महिना देखि तलब नपाएर कोरोनो रोगले भन्दा भोकले मर्न लागेको शिक्षक युनियनका मोरङ अध्यक्ष मनोज खनालले बताउनुभयो ।

उहाँले निजि विद्यालयहरुबाट शिक्षकहरु ननिकाल्न र तलव उपलब्ध गराउन निजि विद्यालयका संचालकहरुलाई आग्रह समेत गर्नुभयो ।

अध्यक्ष खनालले यसका लागि तत्काल सामाजिक विकास मन्त्रालयले पहल गरिदियोस भनेर मन्त्रालय अगाडी धर्ना बसेको जानकारी गराउनुभयो । शिक्षकहरुले आन्दोलन गर्नु रहर नभई बाध्यता भएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button