सामान्य वादविवादमा विराटनगरमा छुरा प्रहार, एक घाइते

0
165

विराटनगर–१६ स्थित कोसी प्रोजेक्टनजिकै छुरा प्रहारबाट १ जना घाइते भएका छन् । सोमबार राति स्थानीय हिलटप होटलमा छुरा प्रहार भएको हो । छुरा प्रहारबाट त्यसै ठाउँमा डेरा गरी बस्ने ३५ वर्षीय जितेन्द्र मेहता घाइते भएका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका अनुसार उनलाई त्यसै ठाउँका राजु वैद्यले सामान्य वादविवादक्रममा छुरा प्रहार गरेका हुन् । उनले छुरासँगै बोतलसमेत प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते मेहताको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छुरा प्रहार गर्ने वैद्य फरार रहेकाले उनको खोजी भइरहेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here