Tune to BFM 91.2|Biratnagar

साहद्धारा मास्कसहित साबुन वितरण

विराटनगर, १२ चैत । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मनोज साहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुनसरीको कोशी गाउँपालिकाका सबै वडालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको छ ।

कोशी गाउँपालिकाका ८ वटै वडा र लौहकी प्रहरी चौकीलाई मास्क, साबुन र पानी ट्यांकी हस्तान्तरण गर्नुभएको हो । पिहु एण्ड राज कन्ट्रक्सन प्रालिका प्रबन्धकसमेत रहनुभएका साह र प्रमोद साहले सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा पुगेर १२१२ सय मास्क र साबुन हस्तान्तरण गर्नुभयो ।

त्यस्तै हरेक वडालाई हात धुनका लागि एक–एक वडा पानीट्यांकीसमेत वितरण गरेको साहले बताउनुभयो । साहले गाउँपालिकाका विपन्न, दलित र मुसहर वस्तीमा पुगेर मास्कसहित साबुन वितरण गरेको बताउनु भयो ।

उहाले पानीट्यांकी र केही मास्क र साबुन भने वडा नम्बर १ का अध्यक्ष राजकुमार साहलाई हस्तान्तरण गर्नुभयो । राज्यलाई समस्या पर्दा सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले थोरै भए पनि सहयोग गरेको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button