सिएरा लियोनमा पहिरोमा परी ३ सयको मृत्यु, ५० जना बढी बेपत्ता

0
81

काठमाडौं, ३१ साउन । अफ्रिकी मुलुक सिएरा लियोनमा पहिरो जाँदा ३ सय जनाको मृत्यु भएको छ । सिएरा लियोनको राजधानी फ्रिटाउन नजिकै गएको पहिरोमा त्यहाँका ५० प्रतिशत घर पुरिएका छन् । पहिरोमा ५० जना भन्दा बढी बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । अधिकांश घर पहिरोले पुरै पुरिएकाले उद्धारमा कठिनाई भएको छ । भारी बर्षापछि पहिरो गएको बताइएको छ । यसैबीच सिएरा लियोनका राष्ट्रपति अर्नेस्ट बाई कोरमाले पहिरोले ठूलो जनधनको क्षति भएपछि मुलुकमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । टेलिभिजनमार्फत सन्देश दिँदै राष्ट्रपति अर्नेस्टले विस्थापित भएकाहरुलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।पहिरो पीडितहरुलाई सुरक्षित स्थानतर्फ सारिनुका साथै खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here