सिरियाको डुमामा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमण गर्न अनुमति

0
285

काठमाडौं, ४ बैशाख । रुसले सिरियामा रासायनिक आक्रमण गरेको भनिएको डुमा शहरमा रासायनिक हतियार अनुगमनकर्तालाई भ्रमणको अनुमति दिने भएको छ । गत शनिबारदेखि अर्गनाइजेशन फर प्रोहिविसन अफ केमिकल विपन्स्को नौ सदस्यीय टोली राजधानी दमास्कसमा रहे पनि उसलाई डुमा जाने अनुमति दिइएको थिएन । उनीहरु भोलि डुमामा पुग्दा रासायनिक आक्रमण गरिएको ११ दिन पुग्नेछ । तर रुसी विदेश मन्त्री सर्गेइ ल्याभरोभले आक्रमण गरिएको स्थलमा सबुत मेटाउने कुनै काम नभएको ग्यारेन्टी दिने बताउनुभएको छ ।अमेरिका र बेलायतले प्रमाण मेटाउने काममा सिरियालाई रुसले सहयोग गरिरहेको आरोप लगाएका छन् ।डुमाका गराइएको रासायनिक आक्रमणको जवाफमा अमेरिका, बेलायत र फ्रान्सको गठबन्धनले सिरियाको रासायनिक अस्त्र भण्डारमा आक्रमण गरेका थिए ।सिरिया र उसको सहयोगी रुसले रासायनिक आक्रमण नगरेको दाबी गरेका छन् ।अप्रिल ७ मा डुमामा रासायनिक आक्रमण गरिएको समय उक्त क्षेत्र विद्रोहीको नियन्त्रणमा थियो । तर अहिले सिरियाली सरकार र रुसी सेनाको नियन्त्रणमा छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here