सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो

0
206

गाईघाट, उदयपुर, १२
गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ ।आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताउनुभयो ।पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तमै यातायात चालु गर्नेसमेत निर्माण व्यवसायी कार्कीले जानकारी दिनुभयो ।गत जेठ महिनामा सुनकोशी नदीको पानीको बहाव बढेसँगै उक्त बेलिब्रिज खोलिएकामा अहिले नदीमा पानीको बहाव घटेसँगै पुल जडान गर्न थालिएको हो ।सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण नहुँदा लामो समयदेखि गाईघाट दिक्तेल सडक मार्गमा हिउँदमा बेलिब्रिज जडान गरेर सञ्चाल गरिने र वर्षामा खोलिने भएकाले छ महिनासम्म यातायात बन्द हुने गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here