Tune to BFM 91.2|Biratnagar

सुनचाँदी कालिगड संघमा कलिम

विराटनगर, २७ असार । अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मोहम्वत कलिम निर्वाचित हुनुभएको छ ।

विराटनगरमा आज भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति बनेको हो । समितिको उपाध्यक्षमा राजाराम शाह, सचिबमा राजकिशोर शाह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रहेका छन् ।

समितिको अन्य सदस्यहरुमा मनोज शुत्रदार, राजेश बिक, रामचन्द्र शाह, गणेश गहतराज, बसन्त स्वर्णकार, पवन बर्मा, परमेश्वर शाह, सुर्य बराल, सतिश कुमार सोनी, कमल सेन्चुरी रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button