Tune to BFM 91.2|Biratnagar

सुनसरीको धरानमा पहिरोले पुरिएर एकै परिवारका २ बालबालिकाको मृत्यु

विराटनगर, २ कात्तिक । सुनसरीको धरानमा पहिरोले पुरिएर एक परिवारका २ बालबालिकाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै धरान–१३ नागेश्वर मार्गमा पहिरो झर्दा बालबालिकाको मृत्यु भएको हो । निशान राईका ४ वर्षीय छोरा निहान र ७ वर्षीया छोरी निसुको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले बताए ।
मंगलबार दिउँसो घर माथिबाट झरेको पहिरोले टिनको घर पुरै पुर्दा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button