सुनसरीको मधुवनमा आगलागी, ८२ घर जलेर नष्ट

0
372

सुनसरी ४ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा गएराति आगलागी हुँदा कम्तीमा ६० लाख बढीको क्षति भएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उहाँको भनाइ छ । आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् भने दुईवटा चौपाया जलेर मरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here