सुनसरी जिल्ला अदालतको सेवा संचालन

विराटनगर, १७ साउन । लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सेवा संचालनमा आएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै जारी गरिएको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो ।

सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको सुनसरी जिल्ला अदालतले नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । केही दिन सेवा स्थगित गरेको सुनसरी जिल्ला अदालतले सेवा प्रवाह रोक्नु पर्ने अवस्था नदेखिएको भन्दै नियमित सेवा सुचारु गरिएको जनाएको छ ।

जिल्ला अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । सुनसरी जिल्ला अदालतले सेवा प्रवाह नियमित गरिए सँगै सामाजिक दुरी र स्वास्थ्य सावधानी भने अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button