सुन काण्डका अर्का अभियुक्त छिरिङ वाङ्गेल घलेद्वारा आत्मसमर्पण

0
61

विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् ।आइतबार करिव ११ बजे उनी अधिवक्ता सरोज अधिकारीमार्फत अदालतमा निवेदन दिएर उपस्थित भएको बताईएको छ ।अहिले जिल्ला अदालत मोरङमा घलेको बयान चलिरहेको छ । छिरिङ राप्रपाका प्रजातान्त्रिकका नेता तथा सुन काण्डका अर्का आरोपी भुजुङ गुरुङका साला पनि हुन् ।यसअघि एसएसपी श्याम खत्रीले पनि जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भने काठमाडौंमा पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here