सुन तस्करी प्रकरण ः प्रतिवादीतर्फको बहस आज पनि जारी

0
98

वैशाख ३१ । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङमा आज पनि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस जारी रहने भएको छ । सरकारी वकिलहरुको थुनछेक बहस सकिएपछि हिजो प्रतिवादीका तर्फबाट बहस सुरु भएको हो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गरेका थिए । उनीहरुले संगठित अपराध ऐन आकर्षित नहुने भन्दै आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका थिए । तस्करी गरिएको भनिएको सुन बरामद नभएकाले भन्सार चोरी पैठारी मुद्दा स्थापित हुन नसक्ने तर्क उनीहरुको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तका तर्फबाट बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराएका छन् । सबैको बहस सकिएपछि अदालतले थुनछेकसम्बन्धी आदेश जारी गर्ने जनाइएको छ । यसअघि सरकारका तर्फबाट बहस गरेका ७ जना सरकारी वकिलहरुले प्रमाणका आधारमा कसुरदार देखिएको भन्दै अभियुक्तहरुलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here