सुपर ग्यास उद्योग आगलागीको छानविन गर्न समिति गठन

0
267

वीरगञ्ज ,५ पुस, वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।एलपी ग्यास उद्योग संघले छानविन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् ।छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ ।
१० करेाड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ ।४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो ।आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण भने आइपुगेको छैन ।उद्योगमा विहान ६ बजेतिर आगलागी भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here