सुमोको ठक्करबाट महिलाको मृत्यु

0
463

 विराटनगर, ११ माघ ।झापाको कमल गाउँपालिका–५ पाडाजुँगी चोकमा टाटा सुमको ठक्करबाट नाम थर वतन खुल्न नसकेकी एक महिलाको ज्यान गएको छ। अन्दाजी ६० बर्षिया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको सुमोले गएराती ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा बेलुका दश बजे मृत्य भएको हो। ठक्कर दिने सुमोको चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको उक्त कार्यालयले जानएइको छ। यता मोरङको सुन्दरहरैचा नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा को २५ प ३१४५ नम्बरको स्कुटर अनियन्त्रत भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँका २३ बर्षिय सुनिल थापा र पछाडी सवार सोही ठाउँका २२ बर्षिय संजिप उराव घाइते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी चौकी विराटचोकले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here